गुल्मी।
गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा सम्पन्न पालिका स्तरीय क्रिकेट प्रतियोगितामा रुपन्देहीको देवदह नगरपालिकाले उपाधि जितेको छ ।
फाइनल खेलमा देवदह नगरपालिकाले सिमीचौरको नवदीप युवा क्लबलाई १ सय ४ रनले हराएर उपाधि जितेको हो । देवदहले नवदीपलाई १ सय ६४ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा नवदीपले ९ विकेटको क्षतिमा ६० रन मात्रै बनाउन सक्यो ।
१२ टोली सहभागी भएको प्रतियोगिताको उपाधि जितेको देवदेहले ५५ हजार र उपविजेता नवदिपले २५ हजार रुपैयाँ प्राप्त गरे । दुवै टोलीलाई इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले पुरस्कार र ट्रफी प्रदान गरेका थिए ।
ग्रामीणस्तरमा प्रतिभा पहिचान, अवसर सिर्जना र युवा सक्रियता बढाउने उद्देश्यसहित गरिएको यो प्रतियोगिताले इस्मा क्षेत्रमा खेलकुद विकासको महत्वपूर्ण रूपमा हेरिएको अध्यक्ष खड्काले बताए । उनले खेलले युवालाई एकताबद्ध गर्ने र अनुशासन तथा आत्मविश्वास बढाउने बताए ।











प्रतिक्रिया