काठमाडौँ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार साँझ सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगर किङ्सलाई ७७ रनले पराजित गर्दै उपाधि भिडन्तका लागि स्थान सुरक्षित गरेको हो।
१ सय ५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमै ७८ रनमा समेटिएपछि सुदूरपश्चिमको जित सुनिश्चित भयो। खेलको सुरुआती ओभरमै साम हिजलेट, मार्टिन गप्टिल र नरेन भट्ट आउट भएपछि विराटनगरको ब्याटिङ लाइनअप ध्वस्त बनेको थियो।
अघिल्लो सिजनमा जनकपुर बोल्ट्ससँग पराजित रहेको सुदूरपश्चिमले यसपटक उपाधिका लागि शनिबार हुने फाइनल खेलमा दोस्रो क्वालिफायरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।











प्रतिक्रिया