सुनको मूल्य बढ्यो, चाँदी घट्यो


काठमाडौँ।

स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सुनको मूल्य ७ सय रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सुनको कारोबार प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँमा भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला ३ हजार ५८५ रुपैयाँ कायम भएको छ ।