बुटवल।
नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले नेपालमा दुईतिहाई जनमत कम्युनिस्टको भएको तर टुटफुटले समाजवादी क्रान्ति बाँकी रहेको बताउँदै त्यसैका लागि अहिलेको एकता अभियान थालिएको बताएका छन् । उनले १६ वटा वाम घटकको एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको बताए ।
आइतबार रुपन्देहीको तिलोत्तमामा आयोजित रुपन्देही जिल्ला एकता सभामा बोल्दै उनले कम्युनिष्ट आन्दोलनको एकता र स्वाधीनताको रक्षाका लागि प्रचण्ड नेतृत्वको विकल्प नभएको दाबी गरे ।
एमाले दक्षिणपन्थी धार हो, माओवादीबाट निस्केका र मोहन विक्रमसँग रहेका संकृर्ण धार अहिलेको एकतामा नआएका हुन् तर त्यो समूहबाट पनि धेरै आउने वातावरण बन्दैछ उनले भने । अब वामहरुको संयुक्त मोर्चाको विकल्प छैन, प्रचण्ड र नेपालबाहेक नेतृत्वको विकल्प सोच्न पनि सकिदैन । उनले विप्लव र प्रभाकरको कडा आलोचना गरे ।
नेता गुरुङले अहिले १६ घटकको एकता भएको र समाजवाद यसको आधारभूत कार्यक्रम रहने बताउँदै आत्मनिर्भर अर्थतन्त्रको वातावरण बनाएर अघि जानुपर्ने प्रष्ट धारणा रहेको बताए ।
नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणी खनाल बलदेवले नेत्रविक्रम चन्द विप्लव र जनार्दन शर्मा प्रभाकरले अन्तिम समयमा केपी ओलीलाई साथ दिने आरोप लगाए । नेता सोमप्रसाद पाण्डेले अब निर्वाचनको विकल्प नभएको बताउँदै एकताको सन्देश दिन चुनावी नतिजा निकाल्नु पर्ने बताउँदै पार्टीमा हिजोको पार्टी हेर्ने नभएर अहिलेको जिम्मेवारीलाई लिएर हिंड्न कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा माओवादी नेतृ चन्डीका यादव, मजदुर नेता चिन बहादुर गुरुङले पनि धारणा राखेका थिए ।
नेकपा माओवादीका रुपन्देही संयोजक निर्मल जिसी नारायणको अधयक्षतामा भएको कार्यक्रम कमल बस्यालले संचालन गरेका थिए । आइतबार एकता सभा भएको र छिटै जिल्ला नेतृत्व चयन हुने बताइएको छ ।











प्रतिक्रिया