काठमाडौँ
सर्लाहीको मलंगवामा प्रधान कार्यालय रहेको राजश्री सेविंग्स एण्ड को– आँपरेटिभ सोसाईटी लिमिटेडको शनिबार २५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले गत अर्थिक वर्ष २०८१÷८२ सम्मकोे अवधिमा २६ अर्व, ४६ करोड, १२ लाख, ५७ हजार ३ सय ३ रुपैयाको कुल कारोबारको विवरण प्रस्तुत गरेको छ ।
साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले गत आर्थिक वर्षको असार मसान्त सम्ममा २२ अर्व, ३३ करोड, ८८ लाख, २२ हजार ७ सय ६० रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५७ हजार ४ सय ३४ जना शेयर सदस्य मार्फत ९० करोड, ८७ लाख, ३ सय २५ सय रुपैयाँ शेयर पुँजी संकलन गरेको छ । त्यस्तैगरी संस्थाले १५ अर्व, ३४ करोड ४ लाख, ८९ हजार, ६ सय १४ रुपैया कर्जा लगानि गरेर १ करोड, ३४ लाख, ४७ हजार, २ सय ९९ रुपैयाँ खुद मुनाफा गरेको संस्थाका मुख्प्रबन्धक राजन हरि श्रेष्ठले जानकारी दिनुभएको छ ।
संस्थाले साधरण जगेडा कोष तर्फ ३३ करोड, ९९ लाख, ३२ हजार, ५ सय १८ रुपैयाँ तथा अन्य कोषहरुमा ६ करोड, ३ लाख, १७ हजार, ९ सय ६३ रुपैयाँगरि कुल ३४० करोड, २ लाख, ५० हजार, ४ सय ८१ रुपैयाँ विनियोजन गरि संस्थाको वित्तिय अवस्था बलियो बनाएको छ ।
कार्यक्रमको उद्घाटन गदै मधेश प्रदेसका पूर्व अर्थमन्त्री एवं मधेश प्रदेस सभा सदस्य संजय कुमार यादवले बैकमा पहुच नपुगेका निम्नवर्गीय नेपाली नागरिकहरुलाई सहकारीले ठुलो टेवा पु¥याएको उल्लेख गर्दै मुलुकको ध्वस्त आर्थिक अवस्थामा पनि राजश्रीले गाँउघरका सबैको आर्थिक समस्या टार्न सफल रहेको बताउनुभयो । मन्त्री यादवले बैकमा ठुला र बिचौलिया बाहेक कसैले ऋण नपाउने भएका कारण सहकारीलाई सबैपक्षबाट सहयोग गर्न हातेमालो गर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्व डिभिजन सहकारी अधिकृत सुरेन्द्रलाल कर्णले सरकारले हालै जारी गरेको सहकारी सम्बन्धि अध्यादेश २०८१ सहकारी संस्थाहरुलाई घातक हुने जनाउदै २०७४ सालमा डिभिजन सहकारी कार्यालय खारेज हुदा हाल सहकारी संस्थामा विकरालको अवस्था आएको बताउनुभयो । संस्थाका अध्यक्ष नागेन्द्र प्रसाद यादवले संस्थाका अध्यक्ष नागेन्द्र प्रसाद यादवले आर्थिक उन्नतितर्फ लम्किरहेको आजको राष्ट्रिय परिवेशमा राजश्री संस्थापनि विविध परिवेशलाई चिर्दै सहकारी विभागको निती निर्देशन अनुसार सदस्यमुखी भई आर्थिक उन्नतीको यात्रामा अघि बढीरहेको बताउनुभयो । उन्ले नेपाल र नेपालीको आर्थिक विकासमा उत्पादनमुलक कार्ययोजना सहितको क्रियाकलाप अनिवार्य रहेको सभामा उल्लेख गर्नुभयो ।
कार्यक्रमको अवशरमा उत्कृष्ट शाखा तथा सेवाकेन्द्र, उत्कृष्ट ऋणी, बचतकर्ता, कर्मचारी लगायतलाई सम्मान गरिएको थियो । संस्थाले हालै दिवंगत संस्थाका प्रबन्ध निर्देशक रामलक्षण रायप्रति श्रदाञजली समेत ब्यक्र गरेको थियो । संस्थाको प्रधान कार्यालय सर्लाहीको मलंगवामा रहेको राजश्रीको सेवाकेन्द्रहरु मलंगवा सर्लाही, लालबन्दी सर्लाही, ईश्वरपुर सर्लाही, बरहथवा सर्लाही, जनकपुर धनुषा, जलेश्वर महोत्तरी, गौर रौतहट, गडुरा रौतहट, मिर्चैया सिराहा, लहान सिराहा, ईटहरी सुनसरी, ईनरुवा सुनसरी, विराटनगर मोरंङ, विरगंज पर्सा र काठमाण्डौं गरी १६ स्थानबाट सेवा प्रवाह गर्दै आएको छ । संस्थाको प्रधान कार्यालय मलंगवा, सेवाकेन्द्र ईनरुवा, मिर्चैया, जनकपुर, जलेश्वर र विरगंजमा आफ्नै भवनबाट सेवा प्रवाह रहेको तथा ईटहरीमा भवन निर्माण शुरु भएको र सेवा केन्द्र गौरमा भवन निर्माणकालागि जग्गा खरिद भएको र वाँकी रहेका सेवाकेन्द्रहरुमा जग्गा खरिद गरी भवन निर्माण गर्ने प्रकृयामा रहेको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।











प्रतिक्रिया