काठमाडौं
लामिनार भिट्रिफाइड टायल्सले “लामिनार– मेरो सपनाको घर” नामक नेपालमै पहिलो प्रकारको कोठा तथा बाथरूम मेकओभर अभियान सुरु गरेको छ ।
अभियानको सिर्जनात्मक नेतृत्व मिस नेपाल २०१६ तथा ईन्टेरियर डिजाइनर अस्मी श्रेष्ठले गरिरहेकी छन् । यस अभियानमार्फत दुई जना नेपाली परिवारले आफ्नो घरको एउटा कोठा र एउटा बाथरूमको पूर्णमेकओभर निःशुल्क पाउने अवसर प्राप्त गर्नेछन् । मेकओभर प्रक्रिया मेटलवुड फर्निचर, कोहलर सेनेटरीवेयर, ब्रिलियन्ट लाइटिंग ÷ एम्पोरियोस फर्निसिंग्स जस्ता प्रतिष्ठित डिजाइन तथा लाइफस्टाइल ब्रान्डहरूको सहकार्यमा सम्पन्न हुनेछ ।
यसमा सहभागी हुन इच्छुकले ३० सेकेन्डदेखि ३ मिनेटभित्रको एक छोटो भिडियो तयार पार्नुपर्छ, जसमा आफ्नो कोठा (आवश्यक परे बाथरूमसहित) किन मेकओभर आवश्यक छ भन्ने कुरा स्पष्ट रूपमा प्रस्तुत हुनुपर्छ। तयार गरिएको भिडिया टिक टक, इन्टागम र फेसबुक मध्ये कुनै पनि प्लेटफर्ममा सार्वजनिक रूपमा पोस्ट गर्नुपर्नेछ । पोस्ट गर्दा २बिmष्लबचतष्भिक लाई ट्याग गर्नु पर्नेछ ।











प्रतिक्रिया