नेशनल लाइफले गर्यो सीईओ क्लब सदस्यलाई सम्मान


काठमाडौं
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालगंजको होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सीइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आर्थिक वर्ष २०८१÷८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कर्णाली प्रदेशबाट योग्य हुनु भएका १ सय १५ जना अभिकर्ता र सुदुरपश्चिम प्रदेशबाट योग्य भएका १६१ जना अभिकर्ताहरु, विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्तालाई सम्मान गरेको हो ।

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्विप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा कर्णाली तथा सुदुरपश्चिम प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्तालाई सीइओे क्बलको सदस्यता वितरण तथा सम्मान गरिएको थियो भने ती प्रदेशहरु बाट आफ्नो कोडमा र संजलमा प्रथम द्वित्तिय र तृत्तिय हुन सफल अभिकर्तालाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले कर्णाली र सुदुरपश्चिम प्रदेशबाट नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्तालाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए ।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले सीईओ क्लब र नेशनल अवार्ड अन्तर्गत योग्य हुने अभिकर्तालाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुरुप गण्डकी प्रदेशमा पहिलो सम्मान कार्यक्रम सम्पन्न गरिसकेको र सोही क्रममा दोस्रो कार्यक्रम अन्तर्गत कर्णाली र सुदुर पश्चिम प्रदेशबाट छनौट भएका अभिकर्तालाई सम्मान गरिएको र अन्य प्रदेशमा पनि निरन्तर कार्यक्रम गर्दै जाने बारेमा जानकारी गराउनुभएको थियो ।

उनले कम्पनीले अभिकर्ता मैत्री स्किमहरु ल्याउने क्रममा सीईओ क्लब सदस्यता योजना ल्याइएको र यसमा नेपालभरबाट १६०० जना भन्दा बढि अभिकर्ता छनौट हुन सफल भएकोमा यो योजना अत्यन्तै सफल भएको बताउनुभयो ।

कार्यक्रममा सहभागी अभिकर्तालाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजयकुमार झाले तालिम प्रदान गर्नुभएको थियो । तालिमको क्रममा उनले जीवन बीमा व्यवसायमा सफलता पाउनका लागि धेरै भन्दा धेरै व्यक्तिसँग सम्पर्क बढाई बीमा पोलिसीको कुरा राख्न सक्ने आवश्यक ज्ञान र शीप चाहिने बताउनुभयो ।