काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनलले पुनः ‘बैंक अफ द ईयर २०२५’ अवार्ड प्राप्त गरेको छ । लण्डनमा द फाइनान्सियल टाइम्सद्वारा आयोजित समारोहमा बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले अवार्ड ग्रहण गर्नुभयो । यसअघि गत वर्ष बैंकले सोही अवार्ड जितेको थियो । अवार्ड समारोहमा १२५ भन्दा बढी देशका बैंकका प्रतिनिधिहरूको सहभागिता थियो ।
अवार्डले बैंकलाई अझ जिम्मेवार र ग्राहकमैत्री सेवा विस्तारमा प्रेरित बनाएको बैंकको भनाइ छ । द फाइनान्सियल टाइम्सले वार्षिक कार्यसम्पादनका आधारमा प्रदान गर्दै आएको छ । सिटिजन्स बैंकले हालै फोनपे क्रेडिट कार्ड (भर्चुअल), जेन–जी सेभिङ अकाउन्ट, डिजी बैंक प्लेटफर्म, फ्रिलान्सर बचत खाता, मोबाइलमार्फत सेयर आवेदन तथा सीआरएन सेवा जस्ता आधुनिक सुविधा ल्याएको छ । ६१ जिल्लाका २०० शाखासहित १९ लाख ५६ हजार ग्राहकलाई सेवा दिइरहेको बैंकले आधुनिक डिजिटल बैंकिङमा निरन्तर नवप्रवर्तन गर्दै आएको छ ।











प्रतिक्रिया