रिलायन्स फाइनान्स १६औँ वर्षमा


काठमाडौं ।

रिलायन्स फाइनान्स स्थापनाको १५ वर्ष पूरा गरी १६औँ वर्षमा प्रवेश गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको वित्तीय कारोबार गर्ने अनुमति २०६६ मंसिर १० गते प्राप्त गरी २०६६ मंसिर १८ गतेदेखि सुरुआत गरेको थियो ।

संस्थाले हाल काठमाडौँ, ललितपुर, चितवन, कास्की, लमजुङ, काभ्रे, धादिङ, झापा, गोरखा, रूपन्देही, कैलाली, कञ्चनपुर, बाँकेलगायत जिल्लामा २२ ओटा शाखामार्फत वित्तीय सेवा दिइरहेको छ । १६औँ वार्षिकोत्सवको अवसरमा संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौँको बालाजु क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।