काठमाडौं ।
निमिषा पाख्रिन र साम्देन ग्याल्बो शेर्पाले नेपालमा पहिलो पटक आयोजना गरिएको राष्ट्रिय स्तरको ‘ओपन स्केट म्याराथन’ को उपाधि जितेका छन ।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र द स्केटल्यान्ड स्केटपार्क गोकर्णको संयुक्त आयोजनामा भएको सो ऐतिहासिक प्रतियोगिता अन्तर्गत शनिवार बिहान सम्पन्न खेलमा महिलातर्फ निमिषा पाख्रिन र पुरुषतर्फ साम्देन ग्याल्बो शेर्पाले उपाधि जित्न सफल भएका हुन् । त्यसैगरी पुरुषतर्फ अनिश गुरुङ द्वितीय र सफल थापा तृतीय भए ।
काठमाडौँको सुन्दरीजलदेखि गोकर्णस्थित द स्केटल्यान्ड स्केटपार्कसम्मको करिब ५ किलोमिटर दूरीमा खेलाइएको उक्त प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी करिब २ सय खेलाडीहरूले सहभागिता जनाएका थिए । सो प्रतियोगिताका विजेता खेलाडीहरूलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिजाल र संघका अध्यक्ष अच्युत खनालले संयुक्त रूपमा नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः.५०, ३० र १५ हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।











प्रतिक्रिया