प्लेअफ सुरक्षित भए पनि दोस्रो स्थानका लागि जित अपरिहार्य थियो: कप्तान सन्दीप


काठमाडौँ ।   

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले टिमले पहिले नै प्लेअफ पुगे पनि दोस्रो स्थान सुरक्षित गर्न जीत अनिवार्य भएकाले आक्रमक रूपमा खेलेकाले बताए। टस जितेर फिल्डिङ रोज्दा ठूलो लक्ष्य आएपनि १३.४ ओभरमै अन्त्य गर्ने योजनाअनुसार खेलेको उनले स्पष्ट पारे।

बीचमा बलिङमा केही कमजोरी देखिए पनि समग्र प्रदर्शन उत्कृष्ट रहेको बताए।ओपनिङ जोडीको योगदानलाई उनले खेलको मोड बदल्ने कारक माने। खेलाडी फाफ डु प्लेसिसले पावरप्लेको स्पिन आक्रमण र दायाँ–बायाँ हाते ब्याट्सम्यानका कारण रन चाँडो बनेको बताए।

उनले सन्दीपलाई विश्व क्रिकेटमै ‘स्पेशल बलर’ रहेको उल्लेख गर्दै टिमका सबै अपेक्षा उनीप्रति उच्च रहेको बताए। नेपालमा क्रिकेटको लोकप्रियताले आफू प्रभावित भएको पनि उनले बताए।