फिफा विश्वकप २०२६ समूह चरणको खेल तालिका सार्वजनिक


काठमाडौँ ।

अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा हुने फिफा विश्वकप २०२६ का लागि समूह चरणको खेल तालिका सार्वजनिक गरिएको छ।

वाशिंगटन डीसीमा आयोजित कार्यक्रममा घोषित तालिकाअनुसार यसपटक पहिलोपटक ४८ टिम सहभागी हुनेछन्, जसलाई १२ समूहमा विभाजन गरिएको छ।

समूह ‘आई’ लाई ‘सम्भावित कठिन समूह’ मानिएको छ, जहाँ फ्रान्स, नर्वे र सेनेगल छन्। साविक विजेता अर्जेन्टिना समूह ‘जे’ मा परेका छन् भने ब्राजिल समूह ‘सी’ मा स्कटल्यान्ड र मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ।

आयोजक अमेरिकालाई समूह ‘डी’ मा अस्ट्रेलिया र पराग्वे प्रतिद्वन्द्वीका रूपमा रहेका छन्।

यस्तो छ समूह चरणको खेल तालिका ?

समूह ‘ए’ : मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, प्लेअफ ‘डी’ को विजेता
ग्रुप ‘बी’ : क्यानडा, प्लेअफ ‘ए’ को विजेता, कतार, स्विट्जरल्यान्ड
ग्रुप ‘सी’ : ब्राजिल, मोरक्को, हाइटी, स्कटल्यान्ड
ग्रुप ‘डी’ : अमेरिका, पैराग्वे, अस्ट्रेलिया, प्लेअफ ‘सी’ को विजेता

ग्रुप ‘ई’ : जर्मनी, कुराकाओ, आइभरी कोस्ट, इक्वाडोर
ग्रुप ‘एफ’ : नेदरल्यान्ड, जापान, प्लेअफ ‘बी’ को विजेता, ट्युनिशिया
ग्रुप ‘जी’ : बेल्जियम, मिस्र, इरान, न्युजिल्यान्ड
ग्रुप ‘एच’ : स्पेन, केप वर्दे, साउदी अरब, उरुग्वे

ग्रुप ‘आई’ : फ्रान्स, सेनेगल, प्लेअफ २ को विजेता, नर्वे
ग्रुप ‘जे’ : अर्जेन्टिना, अल्जिरिया, अस्ट्रिया, जोर्डन
ग्रुप ‘के’ : पोर्चुगल, प्लेअफ १ को विजेता, कोलम्बिया, उज्बेकिस्तान
ग्रुप ‘एल’ : इंग्ल्यान्ड, क्रोएशिया, घाना, पनामा