काठमाडौँ।
नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टीका कार्यकर्ताबीच धकेलाधेकेलको स्थिति सिर्जना भएको छ। आदिवासी जनजाती लोकतान्त्रिक महासंघका केही सदस्यहरू शुक्रवार दिउँसो महाधिवेशन प्रतिनिधि छनोटमा असन्तुष्टि राख्दै केन्द्रीय कार्यालय, च्यासल पुगेका थिए ।
उनीहरूले सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग भेटेर आफ्ना कुरा राखिरहेका थिए । त्यसक्रममा च्यासलमै भएको अर्को समूहसँग उनीहरूको धकेलाधकेल भएको हो ।
एमालेको महाधिवेशन उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा हुँदै छ । देशभरबाट प्रतिनिधिहरू छनोट भइसकेका छन् ।
एमाले प्रतिनिधि छनोटमा भेदभाव भएको भन्दै देशका विभिन्न अरू ठाउँमा पनि हातपातका घटनाहरु भएका थिए ।











प्रतिक्रिया