अब भारु नोट चल्ने


काठमाडौ ।

भारतीय केन्द्रीय बैंकले करिब नौ वर्षपछि नेपालमा सय रुपियाँभन्दा माथिका भारतीय नोट प्रयोग गर्न पाइने व्यवस्था खुला गरेको छ । भारतीय राजपत्रमा सूचना प्रकाशित गर्दै आरबीआईले नेपालमा लागू गरिएको प्रतिबन्ध हटाएको हो ।
प्रतिबन्ध हटेसँगै भारतबाट नेपाल आउने व्यक्तिले २५ हजार भारतीय रुपियाँसम्मका २ सय, ५ सय र १ हजार दरका नोट ल्याउन सक्नेछन् ।

सन् २०१६ को नोटबन्दीपछि ५०० र १००० का पुराना नोट अवैध बनेपछि नेपालले पनि उच्च दरका नोटमा प्रतिबन्ध लगाएको थियो । सीमाका बासिन्दा, पर्यटक, कामदार तथा विद्यार्थीलाई समस्यामा पारेको थियो । आरबीआईको निर्णय कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले आवश्यक कानुनी तथा नीतिगत प्रक्रिया पूरा गर्न करिब १५ दिन लाग्नेछ ।

राष्ट्र बैंकले उच्च मूल्यका भारतीय नोट नेपालमा स्थानीय बजारमा सीधै चलनचल्तीमा प्रयोग गर्न रोक्नेछ । भारतीय नोट अनिवार्य रूपमा बैंक, वित्तीय संस्था वा इजाजतप्राप्त मनिचेञ्जरमार्फत सटही गरेपछि मात्र प्रयोग गर्न पाइनेछ । पसल, होटल वा स्थानीय बजारमा भारतीय नोट देखाएर सामान किन्न पाइने छैन ।