उदयपुर ।
उदयपुरको रौतामाई गाउँपालिका ७ मुकुर्चीमा विवादमा आएको निजी जग्गाबाट ढुङ्गा निकालिएको विषय समाधान भएको छ ।
गाउँपालिकाका पदाधिकारी, जेनजी, स्थानीय व्यवासायी र प्रहरी सहित बिहीबार बसेको छलफलले विवाद समाधान गरेको हो ।
रौतामाई गाउँपालिका वडा नम्बर ७ को कार्यालय मुर्कुचीमा बसेको छलफलबाट पालिकाले निजी जग्गाबाट उत्खनन गरिएको ढुङ्गाको कर संकलन गर्ने भएपछि विवाद समाधान भएको जनाईएको छ ।
स्थानीय निर्माण व्यवसायी उद्धव राउतले व्यक्तिको जग्गाबाट झिकेको ढुङ्गाको विषयलाई लिएर स्थानीय युवाहरुले हस्तक्षेप गरेपछि विवाद सतहमा आएको थियो ।
गाउँपालिका अध्यक्ष विरेन्द्र कुमार मगरको उपस्थितीमा भएको छलफलबाट आगामी दिनमा निजी जग्गाबाट ढुङ्गा उत्खनन गरेमा पालिकाले प्रदेश कानुन अनुसार राजस्व लिने र निजी जग्गाको समेत प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन तयार गर्ने निर्णय गरिएको वडा नम्बर ७ का वडा अध्यक्ष मनोज रानाले जानकारी दिनु भयो ।
छलफलको क्रममा गाउँपालिकाका निर्वतमान अध्यक्ष गजेन्द्र खड्काले आफूले खेत बनाउने क्रममा आफ्नो जग्गाबाट निस्केको ढुङ्गा अन्यत्र कसैलाई नदिने बताए ।











प्रतिक्रिया