काठमाडौं ।
नेपाली टेबल टेनिस खेलाडीहरू अष्ट्रेलियाको पर्थमा आयोजना हुने स्टाग ग्लोबल मास्टर्स टिमस् च्यालेन्जमा सहभागी हुने भएका छन् । प्रतियोगितामा नेपालका आठ खेलाडी—बिकि महर्जन, बिक्रम श्रेष्ठ, महेश शाक्य, नविता श्रेष्ठ, निम जोशी, निराज जोशी, राजन शाक्य र स्वेच्छा नेम्वाङसहित प्रशिक्षक राकेश महर्जनले प्रतिनिधित्व गर्दै छन् ।
अल नेपाल टेबल टेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले खेलाडीहरूलाई शुभकामना दिँदै उत्कृष्ट प्रदर्शनको अपेक्षा व्यक्त गरे । अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै जाने टोलीले देशको प्रतिष्ठा थप उचो बनाउने विश्वास व्यक्त गरिएको छ । प्रतियोगिता यही शनिबार र आइतबार दुई दिन आयोजना हुने जनाएको छ ।











प्रतिक्रिया