युवा तथा खेलकुद विकास समिति पुनर्गठन

846
Shares

उदयपुर ।

त्रियुगा नगरपालिकाको युवा तथा खेलकुद विकास समिति पुनर्गठन गर्दै नयाँ पदाधिकारीहरूको मनोनयन गरिएको छ। समितिको अध्यक्षमा किरण कार्की, उपाध्यक्षमा गम्भीर मान दनुवार र सचिवमा चेतन पोखरेल मनोनयन भएका हुन्।

नवनियुक्त पदाधिकारीहरूलाई नगर प्रमुख बसन्त कुमार बस्नेतले मनोनयन पत्र हस्तान्तरण गर्दै युवा तथा खेलकुद क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “यो कार्यकालमा नगरको युवा तथा खेलकुद क्षेत्रले उल्लेखनीय फड्को मार्ने आशा गरेका छौँ।”

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइराला, नगर युवा तथा शिक्षा शाखा प्रमुख शिवकुमारी राउत लगायत विभिन्न महानुभावहरूको उपस्थिति रहेको थियो।

हाल अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा मात्र मनोनयन सम्पन्न भए पनि समितिले अझै पूर्णता पाउन बाँकी रहेको नगरपालिकाले जनाएको छ। बाँकी सदस्यहरूको मनोनयन चाँडै गरिने अपेक्षा गरिएको छ ।