काठमाडौँ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। आज बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने अन्य स्थानमा मौसम मुख्यतः सफा रहेको छ।
दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा सफा मौसम रहने पूर्वानुमान गरिएको छ। राति पनि कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने जबकि अधिकांश स्थानमा मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ।











प्रतिक्रिया