काठमाडौँ।
प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक आह्वान गरिएको हो।
बैठकमा राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिलाई बोलाइएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।
बैठक फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलगायत विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।











प्रतिक्रिया