काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन।
आज बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा छ।
दिउँसो पनि कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहने र अन्य भूभागमा सफा मौसम रहने महाशाखाले जनाएको छ। राति भने देशभर आकाश सफा रहने अनुमान गरिएको छ।











प्रतिक्रिया