काठमाडौं ।
पूर्व सञ्चारकर्मी तथा राजनीतिज्ञ मधु कार्कीले देशको वर्तमान अवस्थालाई लिएर गम्भीर चिन्ता व्यक्त गरेकी छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले देशको अवस्था ‘नाजुक’ रहेको र जनता, विशेषगरी युवाहरूको सपना साकार हुन नसकेको स्पष्ट पारिन् । कार्कीका अनुसार, लामो समयदेखिको राजनीतिक नेतृत्वले देश, जनता र युवाको वास्तविक भावनालाई छुन नसक्दा राष्ट्रिय असन्तुष्टि चरममा पुगेको छ। उनले यसै आक्रोशको उपज स्वरूप गत भदौ २३ र २४ गते देशभर भएको आन्दोलनलाई जोडिन् ।
यद्यपि, सो आन्दोलनले पनि राष्ट्रिय समस्याहरूको ठोस समाधान दिन नसकेको भन्दै उनले निराशा व्यक्त गरिन् । देश हाल ‘पेन्डुलम’ अवस्था बाट गुज्रिरहेको कार्कीको ठहर छ । लोकतान्त्रिक शासन व्यवस्था स्थापित भइसक्दा पनि देशले अपेक्षित गति लिन नसक्नु ठूलो चिन्ताको विषय भएको उनले जिकिर गरिन् । देशको राजनीतिक दिशा अनिश्चित र अस्थिर रहँदा आम नागरिकमा वितृष्णा बढेको सन्देश कार्कीले दिएका छन् ।











प्रतिक्रिया