ललितपुर।
ललितपुर महानगरपालिका–१८ सैंबु स्थित दिब्यउर्जा जीवनयोग प्रयोगशालाको पहिलो वार्षिकोत्सव सम्पन्न भएको छ । ललितपुर महानगरपालिका–१८का अध्यक्ष दामोदर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उनले योग र ध्यानलाई जीवनको अभिन्न अंगको रुपमा प्रयोग गर्न आग्रह गरे ।

दैनिकरुपमा सञ्चालित योगविज्ञान कार्यक्रमलाई निरन्तरता दिन वडा कार्यालयको निरन्तर सहयोग रहने बचनबद्धता जाहेर गर्दै अध्यक्ष खड्काले मानव जीवनमा योग र ध्यान अपरिहार्य रहेको बताए । त्यसको लागि वडाले चालु आर्थिक वर्षमा सकेत बजेट व्यवस्था गरेका छौ–उनले भने ।

कार्यक्रममा प्राडा गणेश बरालले योगको महत्त्व र शिक्षाको बारेमा प्रकाश पार्दै जीवन विज्ञान योग कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । उनले वर्तमान समयमा पढाई भन्दापनि प्रयोगात्मक शिक्षा, योग र ध्यानको महत्वपुर्ण भूमिका रहेको बताए ।
उनले भने–‘मैले पढेर डाक्टर भए , योगको महत्त्व पढाइसंग तुलना गर्न मिल्दैन योग नै जीवनको सर्वोत्तम भविष्य हो । कार्यक्रममा शुशिल अमात्यले योग विज्ञानको बारेमा जानकारी दिइन् । उनले योगविज्ञानले मानवको जीवन परिवर्तन गर्न महत्वपुर्ण भूमिका रहने बताइन्।

योग विज्ञानका ललितपुर जिल्ला संयोजक सन्तोष कुँवरले योग विज्ञानको कारण सयौं मान्छेको जीवन परिवर्तन भएको बताए । उनले योग र ध्यानको विषयमा स्थानीय तहले निरन्तर सहयोग गर्नुपर्ने उल्लेख गर्दै भने –यस कार्यक्रमा वडाको निरन्तर सहयोग आवश्यक छ ।
दिव्य योग प्रयोगशालाका अध्यक्ष नवराज कुँवरले लामो समयको प्रतीक्षापछि योग र ध्यान कार्यक्रमले निरन्तरता पाएको उल्लेख गर्दै भने–अब यसक्षेत्रमा सधैको लागि योग र सबैको लागि योग हुनेछ ।

‘गरौँ योग, बनौँ निरोग’ भन्ने नाराका साथ एकवर्षअघिबाट सैबुमा योग कार्यक्रम निरन्तर संचालन भइरहेको छ । वडा कार्यालयले योग र ध्यान कार्यक्रमलाई घर घरमा पु¥याउने योजनाका साथ वडा कार्यालयको भञ्ज्याङस्थित सभाभवनमा योग र ध्यान शिविर सञ्चालन गरिरहेको छ ।

योग विज्ञान ललितपुर जिल्ला परिषदको सहकार्यमा योग र ध्यान कायकार्यक्रम सञ्चालन भइरहेको छ । वार्षिक उत्सव समारोहमा विभिन्न भजन, सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रम रेष्मा थापाले सञ्चालन गरेकी थिइन् ।











प्रतिक्रिया