नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी अख्तियारको नियन्त्रणमा


काठमाडौँ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। यसअघि बोलाएर बयान लिएको अख्तियारले अधिकारीलाई विशेष अदालतमा मुद्दा चलाउन नियन्त्रणमा लिएको हो ।

अख्तियारले अधिकारीसहित क्यानकै पूर्वनिर्देशनक मुरारी भण्डारीलाई पनि नियन्त्रणमा लिएर विशेष अदालतमा उपस्थित गराउँदैछ ।

यसअघि अख्तियारमा उपस्थित भएर बयान दिइरहेका उनीहरू बुधबार तारेखमा पुगेपछि नियन्त्रणमा लिएर मुद्दा चलाउन लागिएको हो ।

दुवैजनाविरुद्ध सम्भवत: बुधबार नै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर हुनेछ । उनीहरूविरुद्ध भक्तपुरस्थित नलिनचोकमा बनाइएको हेलिप्याडमा भ्रष्टाचार गरेको आरोप छ ।