उदयपुर।
उदयपुरको त्रियुगा नगरपालिका वडा न. ६ मा रहेको प्रहरी चौकी लालपता उदयपुरबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
सोमबार दिउसो ४ः०० बजे त्रियुगा नगरपालिका वडा नं ६ लालपता स्थितमा नियन्त्रित लागू औषध औपीडोल ( ८० ट्याबलेट, डायजेपाम ( २ एम्पुल, बुप्रेनोर्फिन – २ एम्पुल र फेनार्गन ( २ एम्पुल गरी ८० ट्याब्लेट र ६ एम्पुल नियन्त्रित लागू औषधसहित १ जनालाई पक्राउ गरेको छ।
पक्राउ परेका कटारी नगरपालिका वडा नं ७ भोरले बस्ने वर्ष २३ को किरण नेपालीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया