काठमाडौँ।
वैदेशिक रोजगारीको नाममा १९ लाखबढी ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा, दमक–३ घर भइ हाल – बुढानिलकण्ठ–३ बस्ने ३० वर्षीय प्रवेश पोखरेल र काभ्रेपलाञ्चोक, मण्डनदेउपुर–९ स्थायी घर भइ हाल – कागेश्वरी मनोहरा–९ बस्ने ४५ वर्षीय ईश्वर राना रहेका छन्।
पीडितको जाहेरीका आधारमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले आइतबार उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउमध्ये प्रवेशले अल्बानिया पटाइदिने भन्दै ८,७०,००० (आठ लाख सत्तरी हजार) र ईश्वर रानाले क्रोएसिया पटाइदिने भन्दै ११,००,००० (एघार लाख) रकम लिएर सम्पर्क विहीन भएपछि पीडितले जाहेरी दर्ता गरेका थिए।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया