काठमाडौं।
नेपालका लागि श्रीलंकाका नवनियुक्त राजदूत रुवंती डेल्पिटियाले नेपाल र श्रीलंकाबीचको जनस्तरको सम्बन्धलाई अझ सुमधुर बनाउन बुद्ध धर्मको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।
राजधानीको भृकुटीमण्डपस्थित बुद्धविहारमा मंगलबार आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सो अवसरमा राजदूत डेल्पिटियाले साझा धार्मिक र सांस्कृतिक सम्पदाले हाम्रो दुवै राष्ट्रलाई बलियो बनाएको पनि बताए।
श्रीलंकामा हालैको बाढीले ठूलो धनजनको क्षति गरेको सन्दर्भमा, नेपाल सरकार र जनस्तरबाट आएको सहयोगलाई सराहना गर्दै राजदूत डेल्पिटियाले भने ‘ नेपालको अडिग मित्रता र आपत्कालीन सहयोग सधैं स्मरणीय रहनेछ । ’ उनले श्रीलंकामा परेको प्राकृतिक विपत्तिका बीचमा नेपाली मित्रताको महत्त्व र सहयोगको उच्च मूल्याङ्कन गरे।
सो अवसरमा विहारका प्रमुख भिक्षु कौण्डन्य महास्थविरले दुई देशलाई जनस्तरमा जोड्न तथागत गौतम बुद्धको ज्ञान, ध्यान र शिक्षाको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नेपालमा स्थविरवाद बुद्धधर्म पुनःजागरणमा श्रीलंका थुप्रै भिक्षु तथा बुद्धधर्मावलम्बीहरुको योगदानको स्मरण गरे ।
उनले श्रीलंकामा हालै आएको बाढीले धेरैको ज्यान लिएको र टापुभरि व्यापक क्षति पु¥याएकोप्रति दुःख व्यक्त गर्दै नेपालका बुद्धधर्मावलम्बीहरुले पनि यथाश्रद्धा सहयोग गर्दै आएको बताए । ‘नेपाल र श्रीलंकाबीचको मित्रता पारस्परिक सम्मान, सद्भाव र साझा आध्यात्मिक सम्पदामा फस्टाउँदै जाओस्। ’ उनले भने।
सो अवसरमा भिक्षुसंघबाट परित्राण पाठ गरिएको थियो











प्रतिक्रिया