ललितपुर।
ललितपुरको पाटन दरबार क्षेत्रमा आज बुधबारदेखि कला तथा संस्कृति मेला हुने भएको छ ।
ललितपुर महानगरपालिका– १६ वडा कार्यालयको सहयोगमा नेपाल हस्तकला महासंघले सो मेला गर्न लागेको मंगलबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । सो मेलाका लागि पाटन संग्रहालय विकास समिति सहयोगीको भूमिकामा रहेको छ।
हस्तकलाजन्य सामग्रीको प्रवर्धन गर्ने उद्देश्यले मेला पाँच दिनसम्म चल्नेछ। मेलामा करिब २१ क्यानओपी र १० वटा टेबुल स्टल रहने महासंघ अध्यक्ष रविन्द्र शाक्यले बताए । उनका अनुसार प्रदर्शनीमा विभिन्न विधाका हस्तकला वस्तुहरुसंगै विभिन्न मेलामा प्रयोग हुने गरगहना प्रदर्शनी हुनेछ।
त्यसैगरी कोरियास्थित इम्याकोको सहकार्यमा मुखौटा(मास्क) प्रदर्शनी गर्ने कार्यक्रम पनि रहेको छ । मास्क मुखौटा प्रदर्शनीमा नेपालका ६० वटा र दक्षिण कोरियाको ४० वटा मास्क प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।
सो अवसरमा ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले हस्तकला व्यवसायीको प्रवर्धन तथा स्थानीय संस्कृतिको प्रवर्धन गर्न मेला आयोजना गरेको बताए।मेलाका लागि वडाले ८ लाख रुपैयाँ विनियोजित गरेको जनाएको छ ।











प्रतिक्रिया