काठमाडौँ।
प्रहरीले खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। नुवाकोटको सूर्यगढी गाउँपालिका–२ घर भई हाल काठमाडौँ तार्केश्वर नगरपालिका–६, जितपुरफेदीस्थित डेरामा बस्दै आएका ४३ वर्षीय कुलबहादुर तामाङलाई गत शुक्रबार विशेष सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो।
तामाङको कोठाबाट अवैध लागु औषध खैरो हेरोइन २२३ ग्राम र डिजिटल तराजु बरामद गरिएको ब्यूरोले जनाएको छ।
बरामद गरिएको हेरोइन बिक्री–वितरणका लागि तयारी अवस्थामा रहेको आशंकामा प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।
ब्यूरोले तामाङमाथि लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिमका मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।
लागु औषध नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जनक बहादुर शाहीका अनुसार अवैध लागु औषध व्यापारलाई नियन्त्रण गर्न ब्यूरोद्वारा निगरानी र अपरेसन थप कडा पारिएको छ।











प्रतिक्रिया