पुस्तक समीक्षा: ‘सङ्घर्षबाट सफलता……’

5.26k
Shares

‘जीवनको हरेक मोडले मलाई नयाँ पाठ सिकायो– कहिले गहिरो पीडामार्फत, कहिले अप्रत्याशित सफलतामार्फत । सपना देख्नु सजिलो थियो तर ती सपना पूरा गर्नको लागि लड्नु, भिड्नु, जमिनमा पछारिनु अनि फेरि उठेर दृढ भई अगाडि बढ्नु सहज थिएन । यही नै हो मेरो जीवन–यात्राको सार–हरेक उपलब्धिको पछाडि एक दृढ निश्चय, आत्मविश्वास र निरन्तर सङ्घर्ष लुकेको हुन्छ । 

मानिसले कुनै पनि काम ‘सक्दिन“, इन्ट्रेस्ट छैन’ भनेर हार खानु हुँदैन । जुनसुकै काम पनि लगनशील भएर गरेमा सफलता प्राप्त हुन्छ । मैले साइकियाट्री पढ्ने सोच कहिल्यै पनि राखेको थिइन“ तर परिस्थितिले डो¥याउँदै मलाई त्यतै लग्यो । मैले त्यस कुरालाई आत्मसात् गरी मिहिनेतका साथ अघि बढे“ । अगाडि आएको कुरालाई स्वीकार गरी इच्छाशक्ति बढाउँदै दत्तचित्त भएर लागिरहेमा कहिल्यै असफल भईदैन । यो कुरा मैले आफ्नै जीवनका घटनाबाट सिकेको हो ।’

जीवनोपयोगी यी महत्वपूर्ण भनाइहरु हुन्– बरिष्ठ मनोचिकित्सक तथा पूर्व स्वास्थ्य सचिव डा निराकार मान श्रेष्ठको । उहाँले यी महत्वपूर्ण भनाइहरु हालै प्रकाशित आफ्नो जीवनी पुस्तक (सङ्घर्षबाट सफलता,जीवनका अनुभव र अनुभूतिहरु) मा उल्लेख गर्नुभएको छ ।  

जीवनी (अटोबायोग्राफी) भन्नाले जीवनको वास्तविकता र भावनात्मक अभिव्यक्ति हो । यसमा लेखकको–जीवन, सोच, सङ्घर्ष, भावना र उपलब्धीहरुलाई विश्वसनीय ढङ्गले प्रस्तुत गरिएको हुन्छ । अरुलाई प्रेरणा दिनु र आफ्नो जीवनको भोगाइमार्फत अरुलाई शिक्षा दिनु जीवनी लेखनका महत्वपूर्ण विशेषता हुन् । यस दृष्टिबाट हेर्दा यो जीवनी पुस्तक सफल देखिन्छ । किन कि शिक्षा दिनु र प्रेरणा दिनुलाई यस पुस्तकमा उच्च महत्व दिइएको छ ।

डा श्रेष्ठले दुर्गम पहाडको साधारण सरकारी स्कुल (तेह्रथुम) मा पढेर, अनेक उट्पट्याङ कुराहरुसमेत झेल्दै एसएलसीपछि अमृत साइन्स कलेज (आइएस्सी) र छात्रवृत्तिमा भारतस्थित लखनउबाट एमविविएस र त्यसपछि दिल्लीको एम्सबाट मानसिक रोग सम्बन्धमा एमडी गर्नु भएको हो । त्यसपछि लन्डन विश्वविद्यालयबाट दुव्र्यसन सम्बन्धमा (डी.ए.बी) सव–स्पेसियालिटी गर्नु भएका डा निराकार मान श्रेष्ठले सरकारी जागिरको सन्दर्भमा विभिन्न अवरोधहरु पार गर्दै मानसिक रोग अस्पतालको निर्देशक, स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदै स्वास्थ्य मन्त्रालयको उच्च तह सचिवसम्म भएर सरकारी सेवाबाट निवृत्त हुनु भएको हो । यस अवधिमा उहाँले धेरै किसिमका चुनौती र बाधाहरु पार गर्न निरन्तर सङ्घर्ष गर्नु परेपनि सफलता हात पार्न सक्नु भएको देखिन्छ ।

 सङ्घर्षको निरन्तरता, मिहिनेत, लक्ष्य चुम्ने धैर्यताले उहाँलाई सधैँ सफलता दिलाएको उहाँको पुस्तकमा पाइन्छ । उहाँको सङ्घर्ष र सफलताका यथार्थ कथा पढ्दा निरन्तर लागिपरेमा जुन काम पनि गर्न सकिने रहेछ भन्ने भावना जागृत हुन्छ । डा निराकार मान श्रेष्ठको जीवनकथाले हरेकमा अन्तर्निहित आत्मबललाई झकझकाउने, आफूभित्र लुकेको शक्ति तथा क्षमताको पुनः बोध गराउन सक्ने देखिन्छ । उहाँका स्कुल, कलेज तथा उच्च तहमा अध्ययन गर्दा र सरकारी सेवाका अनुभवहरु प्रेरणादायी र शिक्षाप्रद छन् ।

डा निराकार मान श्रेष्ठले जीवनका ५२ वर्ष चिकित्सा सेवामा विताएकोमा ४२ वर्ष त विशेषरुपमा मानसिक स्वास्थ्य क्षेत्र तथा प्रशासनको उच्चतम ओहोदामा काम गरेर विताउनु भएको हुँदा उहाँका अनुभवहरु स्वास्थ्य क्षेत्र मात्र नभई हरेक क्षेत्रका मानिसका लागि उपयोगी देखिन्छ । 

डा. निराकार मान श्रेष्ठ भगवान् श्रीकृष्णको भनाइका रुपमा गीतामा वर्णित ‘कर्म गर फलको आशा नगर’ भन्ने दार्शनिक सार र विश्वप्रसिद्ध रसियन राहित्यकार लियो टल्सटोयको ‘थ्री क्वेसेन्स’ शीर्षकको दार्शनिक र नैतीक सन्देश बोकेको कथाको सारबाट निकै प्रभावित भएको पाइन्छ । 

डा श्रेष्ठ आफ्नो आत्मबृतान्तमा भन्नुहुन्छ, ‘धार्मिक पुस्तकमा गीता धेरै पढे“ र प्रभाव पनि त्यसको धेरै परेजस्तो लाग्छ । मूलरूपमा गीताले ‘कर्म गर फलको आशा नगर, राम्रो गरे राम्रै फल पाउँछौ, नराम्रो गरे नराम्रै फल पाउँछौ । कर्मको फल भोग्नै पर्छ भन्छ । त्यसैले पनि जानेबुझेसम्म म नराम्रो काम कहिल्यै गर्दिन । धर्म मान्ने मध्ये धेरैले पवित्र ठाउँमा नुहाएपछि पाप मोचन हुन्छ भन्छन् तर गीताले त्यसो भन्दैन । आफूले गरेको कर्मको फल भोग्नै पर्छ भन्छ । म यसमा विश्वास गर्छु ।

यस्तै गरेर रसियन राहित्यकार लियो टल्सटोयको ‘थ्री क्वेसेन्स’ नामक कथाको सारले मलाई जीवनका तीन महङ्खवपूर्ण प्रश्नमार्फत मानिसले कसरी सही निर्णय लिन सक्छ भन्ने कुरा सिकायो । टल्सटोयले यसमा कथाको पात्रमार्फत प्रश्न र उत्तर प्रस्तुत गरेका छन्ः सबैभन्दा महङ्खवपूर्ण समय कुन हो ? सबैभन्दा महङ्खवपूर्ण व्यक्ति को हो ? सबैभन्दा महङ्खवपूर्ण काम के हो ? यी तीन प्रश्नको उत्तर थाहा पाएमा कहिल्यै गल्ती हुँदैन भन्ने लेखक टल्सटोयको विश्वास छ । लेखकले यस कथामार्फत दिएको महङ्खवपूर्ण सन्देशः सबैभन्दा महङ्खवपूर्ण समय वर्तमान नै हो, किनकि केवल अहिले नै हामी केही गर्न सक्छौ“, भविष्य अज्ञात छ र विगत फर्किँदैन । समयलाई खेर फाल्नुहुँदैन  । आफू जोसँग बसेर जे गरिएको छ, त्यस बेलाको लागि त्यही मानिस महङ्खवपूर्ण हो । आफू जे काम गरिँदै  छ, त्यस बेलाका लागि त्यही काम महङ्खवपूर्ण हो । त्यसैले यसको सदुपयोग गर्नुपर्छ ।’

आत्मबृतान्त कुनै व्यक्तिको जीवनको सीधा बर्णन मात्र नभई, उसको भौगोलिक जीवनमा घटेका महत्वपूर्ण घटना, समाज, स्वास्थ्य, शिक्षा, संस्कृतिलगायत त्यस समयको इतिहास लेखन पनि हो । डा. निराकार मान श्रेष्ठको आत्मबृतान्त (सङ्घर्षबाट सफलता,जीवनका अनुभव र अनुभूतिहरु) मा ब्यक्तिगत जीवनको सङ्घर्ष र चिकित्सकीय यात्राको वर्णन मात्र छैन, नेपालको स्वास्थ्य क्षेत्र अनि मानसिक स्वास्थ्य क्षेत्रका समस्या र समाधानका उपायहरु पनि बर्णन गरिएको छ । 

सरल भाषा शैलीमा लेखिएको यो पुस्तक विषयगत हिसावले पनि सवैका लागि उपयोगी र सङ्ग्रहणीय रहेको छ । 

समाज र आफ्नो व्यतित जीवनको समग्र पक्षलाई समेटेर जीवन्त रुपमा तयार गरिएको बरिष्ठ मनोचिकित्सक डा निराकार मान श्रेष्ठको ‘संघर्षबाट सफलता’ नामक यो पुस्तकको मूल्य ६५०। रुपियाँ रहेको छ भने यस पुस्तकको प्रकाशक डा कोकिला श्रेष्ठ रहनु भएको छ । पुस्तक लेखक डा श्रेष्ठको त्रिपुरेश्वरस्थित क्लिनिक र मन्डला बुक प्वाइन्ट कान्तिपथमा उपलब्ध रहेको प्रकाशकले जानकारी दिनु भएको छ ।