विश्व इस्पोर्ट्स च्याम्पियनसिप खेल्ने टोलीको विदाई


काठमाडौँ।

नेपालले आइइएसएफ विश्व ईस्पोट्र्स च्याम्पियनसिप २०२५ मोबाइल लेजेन्ड्स ब्याङ ब्याङ (एमएलबीबी) मा सहभागिता जनाउने भएको छ ।
सो प्रतियोगिता डिसेम्बर ३ देखि ७ तारिखसम्म मलेसियाको क्वालालम्पुरमा हुँदैछ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार मलेसिया जाने इस्पोट्र्स टिमलाई विदाइ गरे । एनओसी अध्यक्ष श्रेष्ठले इस्पोट्र्सका खेलाडी तथा पदाधिकारीलाई शुभकामना र प्रोत्साहन दिए । उनले भने,“यो टिमले अन्तर्राष्ट्रिय मञ्चमा बलियो प्रदर्शन गरी राष्ट्रको गौरव बढाउने आशा गरेको छु ।”

अध्यक्ष श्रेष्ठले विश्वव्यापीरुपमै इस्पोट्र्स तीब्र गतिमा लोकप्रिय भइरहेको बताउँदै एनओसीले इस्पोट्र्सले खेलका साथै युवा प्रतिभाशाली खेलाडीहरुलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । आइइएसएफ विश्व ईस्पोट्र्समा नेपालले महिला र पुरुष दुवै विधामा सहभागिता जनाउनेछ । पुरुष टिममा विकास तामाङ, किशोर गुरुङ, आयुष भण्डारी, आयुष राई र अभिषेक वाइबा रहेका छन । प्रशिक्षकमा म्याथ्यू ह्वी योङ तान छन । महिला एमएलबीबीमा रुशु तामाङ, प्रकृति तामाङ, स्नेहा राई, एक्सा माबो र दुर्सन राईले प्रतिस्पर्धा गर्नेछ । महिला टोलीको प्रशिक्षकमा सुमित श्रेष्ठ रहेका छन नेपाल इस्पोट्र्स संघका अध्यक्ष सुरज डंगोल पनि मलेसिया जानेछ ।