सातौं ह्वाइटफिल्ड अन्तर विद्यालय विज्ञान हाजिरजवाफ प्रतियोगिता सम्पन्न


काठमाडौँ
सातौं ह्वाइटफिल्ड अन्तर विद्यालय विज्ञान हाजिरजवाफ प्रतियोगिता (काठमाडौँ उपत्यकाव्यापी) सम्पन्न भएको छ । उतm प्रतियोगीतामा बुढानिलकण्ठस्थित भ्याली पब्लिक हाईस्कुलले उपाधि जित्न सफल भएकोछ ।

सोमबार क्षेत्रपाटी स्थित ह्वाइटफिल्ड मा.वि.को सभाहलमा आयोजित अन्तिम चार प्रतिस्पर्र्धी विद्यालय बिचको रोचक फाइनल राउन्डमा ५ सय ८० अंकसहित शीर्ष स्थानमा रहँदै उसले उपाधि हात पारेको हो । त्यस्तै ४ सय ८५ अंकसहित कौशल इङ्लिस बोर्डिङस्कुल, तार्केश्वर, काठमाडौंले दोस्रो स्थान हासिल गर्दा भानुभक्त मेमोरियल स्कुल, पानीपोखरी ३ सय ६० अंक सहित तेस्रो र बाफलस्थित ज्ञानोदयस्कुलले सान्त्वना स्थान प्राप्त गर्न सफल भएको छ । यी चार विद्यालयहरु मंसीर १४ गते, आइतबार सम्पन्न छनौट चरण हुँदै सेमी–फाइनलमा आ–आफ्नो समूहको विजेता बन्दै फाइनल राउन्ड प्रवेश गरेका थिए ।

कुल ३५ विद्यालयको सहभागितामा ह्वाइटफिल्ड स्कुलले काठमाडौँ उपत्यका व्यापी अन्तर माध्यमिक विद्यालय स्तरीय विज्ञान हाजिरजवाफको सातौं संस्करण सम्पन्न गरेको हो । अघिल्ला छ वटासंस्करणको सफलतालाई निरन्तरता दिँदै मंसिर १४गते सुरु गरी १५ गते भव्य कार्यक्रम गर्दै प्रतियोगीता समापन गरेको हो । उक्त प्रतियोगितामा काठमाडौँ, भक्तपुर र ललितपुरका विद्यालयको सहभागिता रहेको थियो ।

प्याब्सनमा केन्द्रिय अध्यक्ष कृष्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न समापन तथा पुरस्कार वितरण कार्यक्रममा ज्ञानोदय स्कुलकी प्रधानाध्यापक र अन्य अतिथिले समेत आफ्नो विचार राखेका थिए । हाजिर जवाफ प्रतियोगिताको फाइनल सकिए सँगै आयोजकले सहभागी सबै प्रतियोगी विद्यार्र्थीलाई प्रमाणपत्र दिएको थियो । कार्यक्रममा प्रथम हुनेले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद १५ हजार, दोस्रो हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद १० हजार, तेस्रो हुनेले ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद ५ हजार तथा सान्त्वनाले मेडल तथा प्रमाणपत्र प्राप्त गर्नुभयो ।

उक्त कार्यक्रममा ह्वाइटफिल्ड स्कुलका प्रधानाध्यापक पारस श्रेष्ठले सबैको साथ सहयोगका कारण अघिल्ला छवटा संस्करण जस्तै यो सातौं संस्करण पनि सफल भएको प्रतिक्रिया दिनुभयो । उनले विजयी विद्यालयलाई बधाई दिँदै सबै प्रतिस्पर्र्धीलाई आगामी यात्राका लागि शुभकामना दिए। श्रेष्ठले कार्यक्रम सञ्चालनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद प्रदान गर्नुभयो ।

ह्वाइटफिल्ड स्कुलका संयोजक राममणि बगालेले सञ्चालन गरेको कार्यक्रममा उनीसहित विमल चापागाईँ, जेके अर्यालले क्विज मास्टरको र संजीव महर्जन र केशव महर्जनले प्राविधिकको भूमिका निर्वाह गर्नुभएको थियो ।