काठमाडौं ।
डा. बाबुराम भट्टराई र जनार्दन शर्माको दल प्रगतिशीललोकतान्त्रिक पार्टीलेदेशव्यापीरूपमा भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने भएको छ । सो दलले भ्रष्टाचार विरोधीअभियान सञ्चालन गर्न कार्यदल नै बनाएको छ ।
त्यसकालागिउक्त पार्टीले जीएस गुरुङको संयोजकत्वमा जटिल कार्की, अमितखनाल, सम्झना राई, ध्रुवप्रसाद काप्री, मञ्जु मिक्चाङ र दीपकमहतोसहितको एक कार्यदल गठन गरेको पार्टीको अध्यक्ष परिषद् अध्यक्षदुर्गा सोबले जानकारी दिनुभयो । सो कार्यदलले भ्रष्टाचार नियन्त्रणका लागिआवश्यक रणनीति बनाउँदै देशव्यापीअभियान सञ्चालन गर्ने जनाइएको छ ।
शुक्रवार काठमाडौंमा बसेको पार्टी विस्तारित बैठकले वृहत् एकीकरण, ध्रुवीकरण र सहकार्यका लागिवार्ता र संवाद गर्न सबै प्रगतिशील, लोकतान्त्रिक र वामपन्थीशक्तिहरूलाई आह्वानसमेत गरेको छ ।
यस्तै,तोकिएको समयमानिर्वाचन गराउनकालागिवातावरण बनाउनसमेत पार्टीले सबै पक्षसँगआह्वान गरेको छ ।











प्रतिक्रिया