कांग्रेस विवादझन्पछि झन् संकटको मोडमा

फेरि स्थगितभयो केन्द्रीयकार्यसमितिको बैठक


काठमाडौं ।

जेन–जीआन्दोलनले कडा धक्काखाएको कांग्रेसमा आन्तरिक विवादपनि जटिल मोडमा पुगेको छ । जसका कारण जारी केन्द्रीय समितिको बैठक कैयौं पटक तोकिँदै स्थगितहुँदै आएको छ । पछिल्लो पटक आइतबारका लागि तय भएको बैठक शनिवार रातीपुनस्थगितगर्दै सोमबार सारिएको छ । यसअघि पनिअन्तिम समयमाआएर पटक पटक स्थगितहुँदै आएको छ ।
आइतबार दिउँसो बस्ने भनिएको बैठक सोमबार बस्नेगरी सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठक पटक–पटक सर्दै आएको छ ।

जेन–जीआन्दोलनपछि पार्टीको १५औँ महाधिवेशनकहिले गर्ने भन्ने सम्बन्धमाहुँदै आएको रस्साकस्सीलेपार्टीलाई झनै जटिल मोडमा पु¥याएको कांग्रेस नेताहरूले बताएका छन् ।

सभापति देउवा र उनकीपत्नीसमेत रहेकी केन्द्रीय सदस्यआरजु राणा देउवा जेन–जीआन्दोलनकाक्रममाघरमै कुटिएपश्चात् स्वास्थ्यको कारण देखाउँदै देउवालेउपसभापतिपूर्णबहादुर खड्कालाई कार्यवाहकसभापतिको जिम्मेवारी दिनुभएको थियो ।
त्यसपछि उहाँउपचार गर्ने भन्दै सिंगापुर जानुभयो । यता, पार्टीको केन्द्रीय समितिको बैठक बसेपनि सो बैठकले महाधिवेशसनकहिले गर्ने भन्नेमा महिनौंदेखि टुंगो लगाउन सकेको छैन।

नियमित र विशेष महाधिवेशनत्यो पनिचुनाव अघि कि पछि भन्नेगहनविवादमाकांग्रेस नराम्ररी फस्दै आइरहेको छ ।
कार्यवाहक सभापति खड्काले विवादमिलाउननसकेपछि पार्टी सभापति देउवापुनः सक्रियहुनथाल्नुभएको छ ।
विवादको भुमरीबाट बाहिर निसक्न नेताहरू देउवाकै ढोकामाजानबाध्यभएका छन् ।

महामन्त्रीद्वयगगनथापा र विश्वप्रकाशशर्मा पक्षविशेष महाधिवेशनहुनुपर्ने पक्षमा छ तर संस्थापन समूहभने २१ फागुनको निर्वाचन पछिमात्रै महाधिवेशन गर्नुपर्ने पक्षमा छ । यहीविवादको समाधानहुननसक्दाकांग्रेस बैठक महिनौंदेखि अनिर्णीत हुँदै आएको छ । यीदुवै गतिविधिले पार्टी जटिल मोडमा पुगेको छ । त्यसमाथियीविवादलाई पार लगाउनआफू अक्षमबन्दै गएपश्चात् कार्यवाहक सभापतिले पदबाट बिदा हुन्छु भन्नथालेपछि झनै सकस बढेको बताइएको छ ।