–भ्रष्टाचारमा लिप्तकर्मचारी संयन्त्रपनि राजनीतिक नेतृत्वकै जत्तिकै विकृत
–भ्रष्ट कर्मचारी सयौंको संख्यामा
काटमाडौं ।
राजनीतिक नेतृत्वमाथिमात्र भ्रष्टाचारको आरोप लगाएर हुने परिवर्तनले मुलुकबदलिन सक्दैन भन्दै जेन–जीआन्दोलनकर्ता अब कर्मचारी संयन्त्रको जरोमै प्रहार गर्ने गरी अघि बढ्ने गृहकार्यमा छन् । उनीहरूले दशकौँदेखि ‘आकर्षक’मानिने मन्त्रालय–निकायमा जरा गाडेर बसेका उपसचिव, सहसचिव, सचिवदेखि विगतकाकतिपयमुख्य सचिवसम्मकै अकुत सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न सरकारसँग कडा माग गरेका छन्। अर्थात् यो अकुत सम्पति छानबिनमा सरकारले अख्तियार दुरुपयोग अनुसन्धानआयोगलाई उचितवातावरण प्रदान गर्नुपर्नेमा जेन–जीअभियन्ताहरूको जोड छ ।
जेन–जीएलाइन्स र जेन–जी फ्रन्टका प्रतिनिधिहरूले केही समयअघि प्रधानमन्त्री सुशीलाकार्की र गृहमन्त्रीओमप्रकाशअर्यालसँगको भेटमा कर्मचारीको अकुत सम्पत्तिका बारेमा समेत छानबिन गर्नुपर्ने आवश्यकताऔंल्याएकाथिए ।‘राजनीतिक नेतृत्वमात्र भ्रष्ट छैन, कर्मचारीहरूपनिउनीहरूभन्दाकम छैनन् ।’
जेन–जीअभियानमा सक्रिय एक प्रतिनिधिले नेपाल समाचारपत्रसँगभने, ‘लामो समयदेखि आकर्षक निकायमा बसेकाहरू नै रातारात करोडपति बनेका छन् । त्यस्ताव्यक्तिहरूको बारेमा आवश्यक सूचीपनिबनाइरहेका छौं ।’जेन–जीअभियन्ताहरूले त्यस्तो सूचीतयार पारेर सरकार र अख्तियार दुरुपयोग अनुुसन्धानआयोगलाई बुझाइने जनाएका छन् ।
जेन–जी समूहले रूपमा अर्थ मन्त्रालयरमातहतकानिकायहरूलाई भ्रष्टाचारको मुनाफाखाने केन्द्रकारूपमापहिचान गरेको छ। उनीहरूकाअनुसार शाखाअधिकृतदेखि सचिवसम्म वर्षौं त्यही ठाउँमा बस्दै ‘सम्पत्ति र साम्राज्य’निर्माण गरेको आरोप तीकर्मचारीमाथिलागेको छ।
त्यसैगरी नगरपालिकामाप्रमुखप्रशासकीयअधिकृत भएर लामो समय बसेका उपसचिव, भन्सार विभाग,आन्तरिक राजस्वविभाग, वाणिज्य विभाग, ८राजस्व अनुसन्धानविभाग, सम्पत्तिशुद्धीकरणअनुसन्धानविभाग ,सिँचाइविभागलगायतकाकार्यालयमाविगतमातथाहाल रहेका महानिर्देशकहरूपनि जेन–जी छानबिनको प्राथमिक सूचीमा परेका छन्।यस्तै अन्यविभिन्नमन्त्रालय र त्यहाँ बसेका र रातारात करोडपति बनेका अधिकृतदेखि सचिवसम्मकाकर्मचारीहरूमाथिसमेत छानबिन गर्नुपर्ने माग जेन–जीको छ ।
यसैगरी जेन–जीअभियन्ताकाअनुसार यीकर्मचारीमध्ये धेरैजसोको जीवनशैली, खर्च, घर–जग्गा र कारोबार उनीहरूको आधिकारिक आयसँग मेल खाँदैन।
‘कुनै–कुनै उपसचिव र सहसचिवहरू देशभर पाँच–छ वटा महँगा घर, आधुनिकफार्महाउस र करोडौँको व्यापारका मालिकभएको तथ्यहामीले संकलन गरिरहेका छौँ’ जेन–जीका एक अभियन्ताले बताए।
जेन–जी समूहले अहिले भ्रष्ट कर्मचारीहरूको नामावलीतयार गर्ने अन्तिम चरणमा पुगेको र सोहीआधारमा अख्तियार दुरुपयोग अनुसन्धानआयोगमाऔपचारिक उजुरी दर्ता गर्ने तयारी भइरहेको जानकारी दिएको छ।
सुशासनकालागि लडिरहेको जेन–जीएलाइन्सले गत २ मंसिरमा केही भ्रष्ट बिचौलियाहरूको नामसमेत किटेर यसअघिका विभिन्नप्रधानमन्त्रीहरूसँग उनीहरूले मिलेमतो भएको ठहर गर्दै कारबाहीको मागगर्दै अख्तियारदेखि प्रधानमन्त्रीतथामन्त्रिपरिषद् कार्यालयमाउजुरी दिएकाथियो ।
यहीएलाइन्सले भ्रष्टाचारमा संलग्नकर्मचारीहरूमाथि छानबिन र कारबाहीको मागगर्दै केही भ्रष्ट कर्मचारीको नाम नै किटान गरेर अख्तियारसमक्षउजुरी दिने तयारी गरेको हो ।सम्पत्ति स्रोत खुलाउननसक्ने कर्मचारीको सम्पत्तितत्कालै जफत गर्नुपर्ने र उनीहरूलाई कानुनी कारबाहीको दायरामाल्याउन सरकारतत्कालएक्सनमाजानुपर्ने आवश्यकता जेन–जीअभियन्ताहरूले औल्याएका छन् ।
जेन–जीअभियानकर्ताहरूले आफ्नो सुशासन एजेन्डा स्थापितनहुन्जेल र भ्रष्ट कर्मचारीको सम्पत्तिजफतनहुन्जेल अभियान निरन्तर चलाइने चेतावनीदिएका छन्।
‘हामीले सुरु गरेको यो आन्दोलन राम्रो प्रशासन र स्वच्छ शासनकालागिहो। भ्रष्टाचारमा लिप्तकर्मचारीको जरा नउखेलेसम्म हामी रोकिँदैनौँ’– जेन–जी नेताहरूको भनाइ छ।











प्रतिक्रिया