काठमाडौँ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर कुनै उल्लेखनीय मौसम प्रणाली सक्रिय नरहेको कारण आज बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागमा आंशिक बदली र अन्य क्षेत्रमा मौसम सफा रहेको छ । दिउँसो र राति पनि देशभर आंशिक बदली रहने अनुमान गरिएको छ ।
सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।











प्रतिक्रिया