काठमाडौं।
काठमाडौं, नागार्जुन नगरपालिका-१ रानिवन बुद्धचोक डेरा गरी बस्ने धादिङ रूवी भ्याली गाउँपालिका-६ घर भएकी ४३ वर्षीया धनमाया गुरूङको कोठामा जुवातास खेलिरहेको अवस्थामा धनमाया समेत ९ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ५ सय रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
मुस्ताङ, घरपझोङ गाउँपालिका-४ जोमसोम बस्ने गणेश शेरचनले संचालन गरेको जोमसोम इन क्याफे एण्ड रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा गणेश समेत १२ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २१ हजार रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया