काठमाडौँ।
नेपाली लोक–संगीतकी चर्चित आवाज सुनिता दुलाल विवाह बन्धनमा बाँधिएकी छन्। शनिबार राजधानीस्थित एक रिसोर्टमा सुनिताले राजेश केसीसँग लगनगाँठो कसेकी हुन्।
यसअघि, बिहीबार मात्र दुलाल–केसी जोडीले औपचारिक रूपमा इन्गेजमेन्ट गरेका थिए।
लोकगीत, विशेषगरी तीज गीतमा छुट्टै पहिचान बनाएकी दुलाललाई नेपाली संगीतप्रेमीले दुलही अवतारमै पहिलोपटक हेर्न पाएका छन्।











प्रतिक्रिया