देशभर मौसम सामान्य, केही पहाडी–हिमाली क्षेत्रमा मात्र आंशिक बदली


काठमाडौँ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। हाल गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहँदा अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी स्थानमा मौसम सफा रहने अनुमान गरिएको छ। राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने जबकि अन्य भूभागमा मौसम साफै रहने महाशाखाले जनाएको छ।