सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?


काठमाडौँ। 

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। आज  सुन प्रतितोला २ हजार २ सय रूपैयाँले बढेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुन प्रतितोला २ लाख ५० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। हिजो  सुन प्रतितोला २ लाख ४८ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज  चाँदीको मूल्य पनि  बढेको छ । आज चाँदी तोलामा ६५ रूपैयाँले बढेर ३ हजार ३ सय ४५ रूपैयाँमा काराेबार भइरहेकाे  महासंघले जनाएको छ।

 बिहीबार चाँदी ३ हजार २ सय ८० रूपैयाँमा कारोबार भएको थियाे।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस ४ हजार १ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।