काठमाडौं ।
एमसीसीअन्तर्गत बुटवल सबस्टेसन र १८ किलोमिटर प्रसारण लाइन निर्माण सुरु भएको छ । नेपाल र भारतबीच ऊर्जा व्यापारलाई थप मजबुत बनाउने उद्देश्यले ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको हो । उक्त प्रसारण लाइनले न्यूबुटवल सब स्टेशनलाई नेपाल–भारत सीमासँग जोड्नेछ, जसले उच्च भोल्टेजको ऊर्जा आदानप्रदानलाई सहज बनाउने छ ।
निर्माण शुभारम्भ कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनालले प्रसारण लाइन आयोजनाले स्वच्छ ऊर्जा विस्तार, क्षेत्रीय ऊर्जा व्यापार तथा दीर्घकालीन आर्थिक वृद्धिमा टेवा पु¥याउने बताउँदै एमसीसी र एमसिए–नेपालको सहयोगले राष्ट्रिय हितका प्रमुख परियोजनाहरूलाई कार्यान्वयनको बाटोमा अघि बढाउन सहयोग पुगिरहेको बताउनुभयो ।
त्यस्तै अमेरिकी राजदूत डिन आर. थम्प्सनले नेपालसँग ऊर्जा क्षेत्रको सुदृढीकरणमा साझेदार हुन पाउँदा अमेरिकालाई गर्व लागेको उल्लेख गर्दै प्रसारण लाइन र सबस्टेशनले घर–व्यवसायका बत्ती बाल्न मात्र होइन, पुरै क्षेत्रकै विकास, व्यापार र प्रगतिका नयाँ अवसरहरू सिर्जना गर्छन् ।
आजको कार्यक्रम सहकार्यबाट प्राप्त उपलब्धिको स्पष्ट प्रमाण रहेको बताए । एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले आयोजनाले नेपालको ऊर्जा सुरक्षामा नयाँ अध्याय थपेको बताउनुभयो । उहाँका अनुसार यस प्रसारण लाइन र सबस्टेशनले ऊर्जा व्यापार विस्तार गर्न, दीर्घकालीन लाभ दिलाउन तथा नेपालका नागरिकका लागि नयाँ आर्थिक अवसर निर्माण गर्न सहयोग पु¥याउनेछ ।
करिब पाँच करोड अमेरिकी डलरको लागतमा निर्माण हुने यो प्रसारण संरचनाले सन् २०२४ मा भएको ऐतिहासिक ऊर्जा व्यापार सम्झौता अन्तर्गत आगामी दशकमा १० हजार मेगावाट स्वच्छ जलविद्युत् भारत निर्यात गर्ने नेपालका लक्ष्यलाई सुदृढ बनाउनेछ।











प्रतिक्रिया