काठमाडौँ ।
देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेकामा बाँकी स्थानमा मौसम सामान्यतया सफा छ।
आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने जबकि अन्य भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ। राति कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम मुख्यतः सफा रहने पूर्वानुमान छ।











प्रतिक्रिया