काठमाडौँ।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका नेताहरुसँग भेटवार्ता गरेकी छन्। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री कार्कीले एमाले नेताहरुसँग भेटवार्ता गरेकी हुन् । संवादमा सरकारका पक्षबाट प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र एमालेका पक्षबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौला सहभागी भएका थिए।
प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनमा सहभागी हुन आग्रह गरेकी छन्।
एमालेले सरकार निर्वाचनमय वातावरण बनाउन नलागेको, एमालेका नेताहरुलाई स्थानहद तोकिएको र नेताहरुलाई कार्यक्रममा जान रोक लगाइएको भन्दै निर्वाचन गराउन सरकार प्रयासरत नरहेको बताउँदै आएको छ। एमालेले संसद पुनःस्थापनाको माग लिएर सर्वोच्च अदालतमा निवेदन समेत दिएको छ।
एमालेले वर्तमान सरकार अवैधानिक रुपमा बनेकाले यो सरकारले निर्वाचन नगराउने बताएको हाे। तर एमालेले निर्वाचन आयोगमा गएर प्रतिनिधि सभा सदस्य निर्वाचनार्थ दल दर्ता भने गराएको छ।











प्रतिक्रिया