सुन चाँदी ठगी कसूरमा एक पक्राउ

564
Shares

उदयपुर ।

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ५ बाट एक जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कार्वाही अघि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले मंगलबार दिएको जानकारी अनुसार गत कार्तिक १० गते सोही ठाउँ बस्ने छिमेकी माइजू नाता पर्ने ३६ वर्षिय अनारवती चौधरीको सुन चाँदीका गहनाहरु चौदण्डीगढी नपा ५ कै समानन्द चौधरलिे मोटरसाइकल दूर्घटनामा परी घाइते भएकोले उपचारकालागि रकम आवश्यक परेकोले गहना दिनु भनेर माग गरेर लगेका थिए ।

गएको कार्तिक १० गते विभिन्न परिबन्धमा पारी अनारवतीसँग सुनको रिङ्ग थान(२, १ आनीको सुनको तिलहरी थान(१, ३ तोलाको चाँदीको कत्री थान(२ ठगी गरेको आरोपमा चौदण्डीगढी न।पा।वडा नं ५ बस्ने बर्ष २५ को समानन्द चौधरीले लगेको भनि उजुरी गरेको कारण निज चौधरीलाई प्रहरीले यही मंसिर ५ गते पक्राउ गरी ठगी सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिवादी समानन्द चौधरीले गत कार्तिक ७ र १० गते ऐ राती ११ बजेको समयमा त्रियुगा खोलामा लागेको छैठको मेलामा गएको अवस्थामा मोटरसाईकल दुर्घटना भई केही रकम आवश्यक परेको भनी छिमेकी माईजु नाता पर्ने ३६ वर्षीय अनारवती कुमारी चौधरीको माथी उल्लेखित गर(गहनाहरु र सो पश्चात पुनः कार्तिक १८ गते थप ३० तोला चांदीका काडाँ २ थान समेत ठगी गरेको भनी जाहेरी परे पश्चात निजलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।