देशभर मौसम प्रणालीको प्रभाव छैन, अधिकांश ठाउँमा मौसम सफा


काठमाडौँ ।

देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ भने अन्य अधिकांश भूभागमा मौसम सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी प्रदेशहरूमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। यस्तै, आज राति कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुने र अन्य भूभागमा मौसम सफै रहने जनाइएको छ।