महालक्ष्मी विकास बैंकका ग्राहकलाई विशेष छुट


काठमाडौं ।

महालक्ष्मी विकास बैंकले अरेबिका कफी तथा क्याफियोफिलिया कफीसँग सहकार्य गरेर आफ्नो कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई विशेष छुट उपलब्ध गराउने घोषणा गरेको छ ।

बैंकले गरेको सम्झौताअनुसार डेबिट क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले अरेबिका कफीका दरबारमार्ग, बौद्ध, बानेश्वर, राधेराधे, यूएन पार्क, मानभवन, कालीमाटी, बूढानिलकण्ठ र भैंसेपाटी शाखामा कफी तथा तातो पेयमा १० प्रतिशत र इटालियन खानामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

त्यस्तै, क्याफियोफिलिया भैंसेपाटीमा बेकरीबाहेकका सेवामा बैंकका ग्राहकले १० प्रतिशत छुट उपभोग गर्न सक्नेछन् । बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने तथा ग्राहकलाई प्रत्यक्ष लाभ दिने उद्देश्यका साथ यस किसिमका सहकार्य अघि बढाएको बताएको छ।

हालै बैंकले क्रेडिट कार्डधारकका लागि टुर प्याकेज रकमलाई ६–१२ महिनासम्म किस्तामा भुक्तान गर्न मिल्ने सुविधा सुरु गरेको थियो।