काठमाडौँ।
प्रधान सेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा बढुवा भएका सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। मन्त्रिपरिषद्को यही मङ्सिर ०५ गतेको निर्णय अनुसार उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी कृष्णप्रसाद भण्डारीलाई जङ्गी अड्डामा बुधबार आयोजित एक कार्यक्रमकाबिच प्रधान सेनापति सिग्देलले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

सोही अवसरमा प्रधान सेनापतिले सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेको जन सम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीवृन्द तथा अधिकृतहरूको परिवारजनको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया