काठमाडौँ।
नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले आयोग पुगेर दल दर्ताको निवेदन दिएको हो ।
एमाले निर्वाचन विभागका प्रमुख निरज आचार्यले आयोग पुगेर दल दर्ताको निवेदन दिएको जानकारी दिए । उनका अनुसार एमाले ६६ नम्बरमा दर्ता भएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि भोलि (बुधबारसम्म) दल दर्ता गर्ने समय दिएको छ ।











प्रतिक्रिया