काठमाडौँ।
मंगलबार दिउँसो सिंहदरबार गेटअगाडि निषेधित क्षेत्रमै भीडभाड र होहल्ला गरिएको भन्दै जेनजी नेता मिराज ढुंगानाको नेतृत्वमा रहेको समूहलाई प्रहरीले हटाएको छ।
सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई ध्यानाकर्षणपत्र बुझाउन पुगे पनि भेट नपाएको भन्दै उनीहरू मंगलबार पुनः गेटअगाडि जम्मा भएका थिए। भीड ठूलो संख्यामा बढ्दै गएपछि प्रहरीले प्रवेश रोक्दै समूहलाई त्यहाँबाट हटाएको काठमाडौँ प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
प्रधानमन्त्रीसँग भेट नपाएको भन्दै समूहले त्यही स्थानमै बसेर सरकार र प्रधानमन्त्री कार्कीप्रति तीव्र आलोचना गर्दै प्रदर्शन जारी राखेका थिए।











प्रतिक्रिया