रौतहट ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको पहिलो दिनमै रौतहटमा आफ्नै घरपरिबार बाट एक २२ वर्षीय महिलाको हत्या भएको छ । अधिकार, बिबेकरहित न्याय, समानता र सुरक्षित जीवनका लागि चेतना जगाउने उद्देश्यले थालिएको अभियानको पहिलो दिनमै घरपरिवारका सदस्यबाट बृन्दाबन नगरपालिका–९ भुसाहा निवासी २२ वर्षीया बुहारी तरिमा खातुनको बीभत्स तरिका बाट हत्या भएको छ ।
उनको हत्यापछि अधिकारकर्मीहरु आक्रोशित भएका छन् । घरपरिवारकै सदस्य बाट उनको हत्या भएपछि ससुरा शेष अलि महम्मद सहित घरका सबै सदस्य फरार रहेको प्रहरीले जनाएको छ । उनको श्रीमान बैदेशिक रोजगारीको लागि साउदी अरबमा रहेका छन् । साउदी अरबमा रहेका छोरा शेष आदिलको श्रीमती तरिमा खातुनको सम्बन्ध भतिजा शेष गुडु सँग रहेको भन्दै घरपरिवारकै सदस्यहरुको कुटपिटबाट उनको मृत्यु भएको वडाअध्यक्ष पर्बेज आलमले बताए ।
मृतक खातुनको टाउको पछाडि धारिलो हतियार प्रहार गरी गहिरो चोट पु¥याइएको छ भने दाहिने खुट्टाको पिँडौलामा पनि नीलडाम भेटिएको प्रहरीले जनाएको छ । हत्या गरेपछि उनको शव घरकै भुस राख्ने गोठमा गाडिएको अवस्थामा प्रहरीले निकालेको छ ।
गएको कार्तिक १८ गते बैदेशिक रोजगारीका लागि उनका श्रीमान साउदी अरब गएकै दिन गुजरा नगरपालिका–७ पल्टुवामा रहेको आफनो माईतीघरमा भतिजा शेष गुडु लाई बोलाएर सँगै रहेको अबस्थामा छिमेकीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा बुझाइदिएका थिए । ससुरा शेष अलि महम्मदले प्रहरी कार्यालय बाट दुबैलाई बुझेर घर ल्याएको २० दिन पछि उनको हत्या भएको छ । तरिमा खातुनको डेढ वर्षको छोरा मोहमद आरिफ रहेका छन् ।
घरका सबै सदस्य फरार रहँदा उनको डेढ वर्षको छोरा लाईसमेत लुकाइएको छ । घटनामा संलग्न भएका व्यक्तिमाथि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविन कार्कीले बताए ।











प्रतिक्रिया