काठमाडौँ ।
मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ हजार २०० रुपैयाँले बढ्दै २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ।
यस्तै चाँदीको मूल्य पनि उकालो लागेको छ। सोमबार तोलामा ३ हजार ११५ रुपैयाँमा रहेको चाँदी मंगलबार ८५ रुपैयाँ बढेर ३ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।











प्रतिक्रिया